महेन्द्रनगर, ६ असार । महाकाली नदीमा पानीको बहाव आज दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिवारदेखि महाकाली नदीमा पानीको बहावमा उतारचढाव आइरहेको छ ।
ुमध्यरातमा पानीको बहाव दुई लाख ६७ हजार क्युसेकसम्म पुगेको थियो । इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक जीवन गुरुङले महाकाली नदीमा यो यस वर्षकै उच्च बहाव रहेको बताए ।
महाकालीमा आएको बाढीका कारण भीमदत्त नगरपालिका–१२ ऐरीघाटमा छ सोनाह परिवार विस्थापित भएका छन् ।











प्रतिक्रिया