
बारा, ६ असार । बारा जिल्लाको सिमरामा रहेको जगदम्बा स्टिल इन्डस्ट्रिज उद्योगमा आगलागी हुँदा दुई जना मजदुरको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
आगलागीमा भारतको बिहार पश्चिम चम्पारणका ४० वर्षका प्रदीप गोंढ र बिहारको सिमान जिल्लाका ४५ वर्षका रामनाथ महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
आगलागीमा रामकुमार विक, ईन्द्रप्रसाद अधिकारी र नवराज चौलागाइँ घाइते भएका छन् । उनीहरूको सिमरामा उपचार भइरहेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।











प्रतिक्रिया