शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

पोल्यान्डसँग स्पेनको बराबरी, अन्तिम १६ पुग्ने बाटो कठिन

दैनिक नेपाल २०७८ असार ६ गते ९:१०

लण्डन, ६ असार । युरो २०२० मा स्पेनको निराशाजनक प्रदर्शन शनिबार पनि कायम रहेको छ ।

पोल्यान्डसँग १–१ को बराबरीपछि स्पेनको अन्तिम १६ पुग्ने बाटो पनि कठिन भएको छ । समूह ईको खेलमा मोरोटाले नै २५औं मिनेटमा स्पेनलाई अग्रता दिलाए । तर रोबर्ट लेवनडोस्कीले ५४ औं मिनेटमा हेडबाट उत्कृष्ट गोल गरे ।

यो उनको सिजनको ६०औं गोल रह्यो । मोरेनोले ५८औं मिनेटमा गरेको पेनाल्टी प्रहार पोस्टमा लागेर फर्केको थियो तर त्यही खुला अवसरमा मोरोटाको प्रहार पोस्टबाट बाहिरिएको थियो ।

अब स्पेनले बुधबार आफ्नो लिग चरणको अन्तिम खेलमा स्लोभाकियालाई पराजित गर्न सकेन भने प्रतियोगिताबाट बाहिरिने सम्भावना हुनेछ । पोल्यान्डले भने बराबरीसँगै अर्को चरण पुग्ने सम्भावना कायम राख्यो ।

यो समूहमा स्विडेन चार अंकसहित शीर्ष स्थानमा छ भने दोस्रोमा रहेको स्लोभाकियाको तीन अंक छ । त्यसपछि स्पेन दुई तथा पोल्यान्ड एक अंकमा छन् ।

प्रतिक्रिया
सम्बन्धित