शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सप्तरीमा ९ वर्षीया बालिकाको विभत्स हत्या

दैनिक नेपाल २०७८ असार ५ गते १९:३२

सांकेतिक तस्वीर

सप्तरी, ५ असार । सप्तरीमा नौ वर्षीया बालिकाको आज विभत्स हत्या भएको छ ।

डाक्नेश्वरी नगरपालिका–३ तरही बस्ने रामउदगार यादवकी छोरी शिवानीकुमारी हत्या गरिएको अवस्थामा फेला परेको तत्कालीन तरही गाविसका पूर्व अध्यक्ष शोभानन्द रायले जानकारी दिए ।

परिवारका सदस्यका अनुसार शिवानी पाँच वर्षीया बहिनीसँग बाख्रा चराउन घरबाट निक्लेकी थिइन् । सामान्य पानी पर्न थालेपछि बहिनीलाई घर पठाएर हटेल पूर्वी टोलस्थित फूलबारीमा हावाले झारेको आँप टिप्न थालेकी शिवानीको हत्या भएको स्थानीयवासीले बताएका छन् ।

प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले घटनास्थल पुगेर अनुसन्धान थालिएको बताए। अनुसन्धानलाई सघाउन तालिम प्राप्त कुकुर मगाइएको प्रहरी उपरीक्षक धमलाले बताए ।

आसपासका खेतमा धान रोप्ने, हलो जोत्नेहरू रहे पनि कसैले केही थाहा नपाएको बताएका छन् । शव पोष्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित