शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

सर्लाहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दैनिक नेपाल २०७८ असार ५ गते १७:५९

सर्लाही, ५ असार । हरिपुर्वा नगरपालिका–९ बसतपुरस्थित सडकमा ना.७ ख ५६६० नम्बरको टिपरले ज.७ प ९०४२ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका–१३ श्रीनगर बस्ने २९ वर्षीय रमेश कुशवाहको घटनास्थलमै मृत्यु भएको छ ।

आक्रोशित स्थानीयबासीले टिपरमा आगजनी गर्दा अगाडिको भाग जलेर क्षति भएको छ ।

तत्काल खटि गएको प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित