बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

गण्डकीमा दलहरूका बीच मन्त्रालयको संख्यामा कुरा मिल्यो

दैनिक नेपाल २०७८ असार ५ गते ११:४९

पोखरा, ५ असार । नेपाली कांग्रेसको नेतृत्वमा गरेको गण्डकी प्रदेशमा सत्तासाझेदार दलहरूका बीच मन्त्रालय भागबण्डा शुरु भएको छ ।

कांग्रेसले मुख्यमन्त्रीसहित ४ मन्त्रालय पाउनेछ । माओवादी केन्द्रले ४ मन्त्रालय लिने सहमति भएको छ । जनता समाजवादी पार्टी, नेपालले २ मन्त्रलय पाएको छ । एक जना स्वतन्त्र सांसद राजिव गुरुङ उर्फ दीपक मनाङेले मन्त्री बनिसकेका छन् ।

गण्डकी प्रदेशमा मुख्यमन्त्री कार्यालयसहित ११ मन्त्रालय रहेको छ । कांग्रेसबाट कुमार खड्का मन्त्री बनिसकेका छन् । कांग्रेसबाट थप दुई जना मन्त्री थपिनेछन् ।

माओवादी केन्द्रबाट मधुमाया अधिकारी गुरुङ मन्त्री बनिसकेकी छिन् । माओवादीले तीन मन्त्री पठाउनेछ । जसपाका सांसद हरिशरण आचार्य मन्त्री बनिसकेका छन् । जसपाकी सांसद धनमाया पोखरेल लामा पनि मन्त्री बन्नेछिन् ।

मन्त्रालय कुन दलले कति पाउने भनेर भागबण्डा भएपनि मन्त्रालयको टुंगो लागेको छैन । भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयसहित ४ मन्त्रालय माओवादीले दाबी गरेको छ । तत्कालीन एमाले नेतृत्वको सरकारका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले ७ बाट बढाएर ११ मन्त्रालय बनाएका थिए ।

गण्डकीमा हाल कायम मन्त्रालयमा भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय, अर्थ मन्त्रालय, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, कृषि, सहकारी तथा गरीबी निवारण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय, वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय छन् ।

प्रतिक्रिया
सम्बन्धित