२ कार्तिक २०८३, सोमबार

उत्तर कोरियामा प्रतिकिलो केराको मूल्य ४५ डलर

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ५ असार । उत्तर कोरियामा प्रतिकेजी केराको मूल्य ४५ डलर पुगेको छ ।

नेपाली रुपियाँ ५३०० प्रतिकेजी केरा पर्दा प्रति केरसा ५०० पर्न आउँछ । उत्तर कोरियामा केराको मूल्य यो हदसम्म वृद्धि हुनुमा खाद्य संकट नै हो ।

एन के न्यूजका अनुसार उत्तर कोरियामा अहिले केरा प्रतिकेजी ४५ डलर पुगेको छ । अहिले उत्तर कोरिया चरम खाद्य संकट झेलिरहेको छ । त्यहाँ भोकमरीले ठूलो संख्यामा मानिसको मृत्यु हुने खतरा बढेको छ ।

अधिकांश उत्तर कोरियाली परिवारहरू दैनिक दुई छाकमात्र खाइरहेका छन् । त्यहाँ कुपोषण बढेको छ । कतिपय परिवार मकैं खाएर मात्र बाँचिरहेका छन् ।