सल्यान, ५ असार । सल्यान जिल्लाको शारदा नगरपालिका–६ बरालास्थित शारदा नदीको टापुमा फसेका
१२ जनाको सशस्त्र प्रहरी बल नेपालले सकुशल उद्धार गरेको छ ।
खेतमा रोपाई गर्न गएका ९ जना पुरुष तथा ३ जना महिला नदीमा पानीको बहाव बढेपछि उक्त टापुमा फसेका थिए ।
जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म सल्यानबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सन्तोष रायमाझीको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले विभिन्न निकायको सहयोगमा उनीहरूको सकुशल उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।















प्रतिक्रिया