शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

कोपा अमेरिका फुटबलको समूह चरणमा अर्जेन्टिना पहिलो जित

दैनिक नेपाल २०७८ असार ५ गते ९:२३

लण्डन, ५ असार । कोपा अमेरिका फुटबलमा उपाधि दाबेदार अर्जेन्टिनाले समूह चरणमा पहिलो जित निकालेको छ ।

बिहान भएको खेलमा अर्जेन्टिनाले अर्को उपाधि दाबेदार उरुग्वेलाई १–० गोलले पराजित गरेको हो । अर्जेन्टिनाका गुइडो रोड्रिग्वेजले खेलको १३ औं मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बन्यो ।

जितपछि अर्जेन्टिना समूह ‘ए’ मा दुई खेलबाट चार अङ्क जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान चार अङ्क भए पनि चिली हेड टु हेडमा दोस्रो स्थानमा रहेको छ ।

पाराग्वे तीन अङ्कसहित तेस्रो स्थानमा रहँदा अङ्कविहीन उरुग्वे र बोलिभिया चौथो र पाँचौं स्थानमा रहेका छन् । यसअघि बिहान नै भएको अर्को खेलमा चिलीले बोलिभियालाई १–० गोलले पराजित गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित