बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

डीआईजी सरुवामा गृहमन्त्रीले कसैको कुरा नसुन्ने, मिडिया ट्रायल गर्नेहरूलाई ठेगान लगाउने

दैनिक नेपाल २०७८ असार ४ गते ११:२८

काठमाडौं, ४ असार । नेपाल प्रहरीका नायब महानिरीक्षकहरू (डीआईजी)को सरुवा चर्चा भएसँगै आकर्षक ठाउँमा जान चलखेल शुरु भएको छ ।

केही डीआईजीहरूले मिडिया ट्रायल गरेर प्रतिस्पर्धीहरूलाई उछिन्ने प्रयासहरू गरेको चर्चा छ । विशेष गरेर प्रदेशहरूमा प्रमुख बनेर जान डीआईजीहरूका बीच तछाडमछाडनै चलेको छ । अन्य आर्षक ठाउँमा जानेहरूको पनि तछाडमछाड छ ।

प्रहरीका डीआईजीहरूको सरुवाको तयारी पनि भएको छ । तर, सरुवा नहुँदै यो डीआईजीलाई यो ठाउँ वा त्यो ठाउँ भनेर मिडिया ट्रायल हुन थालेपछि विवाद भएको हो ।

नेपाल प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले डीआईजीहरूको सरुवाको समय भएको भन्दै बाढीपहिरोमा परेकाहरूको उद्धार र राहत दिने कार्य लगत्तै निर्णय हुने जानकारी दिए । उनले भने, ‘डीआईजीहरूको सरुवा हुने समय भयो । बाढीपहिरोको उद्धारमा खटिनुपर्ने भएकाले निर्णय भएको छैन । २–४ दिनभित्रै सुरुवाको निर्णय हुन्छ । यति नै समयमा सरुवाको निर्णय हुन्छ भनेर भन्न सकिँदैन ।’

भारतसँग सिमाना जोडिएका प्रदेशहरूमा प्रमुख बनेर जान ४–५ जना डीआईजीहरू हातधोएर लागेका छन् । ती डीआईजीहरूले गृहमन्त्री खगराज अधिकारी र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेस थापा क्षेत्रीलाई विवादमा जोडेर बद्नाम गर्ने प्रयासहरू गरेका छन् । यस्ता धुन्दुकारी डीआईजीहरूको हर्कतको पछाडि लाग्ने पक्षमा गृहमन्त्री अधिकार छैनन् । मिडियामा आएका कुरा वा चाकडी गर्नेहरूको कुरा सुन्ने पक्षमा गृहमन्त्री अधिकारी छैनन् ।

गृहमन्त्री अधिकारी प्रहरीभित्र धेरै राजनीतिक हस्तक्षेप गर्ने पक्षमा पनि छैनन् । उनले आफ्ना बिफ्रिङहरूमा पनि अनावश्यक हस्तक्षेप नगर्ने बताउने गरेका छन् ।

एकजना डीआईजीले भनेका छन्, ‘गृहमन्त्री खगराज अधिकारी व्यवसायिक र निस्पष्क्ष काम गर्ने व्यक्तिका रुपमा मैले चिनेको छु । उहाँले स्वास्थ्य मन्त्री भएर जिम्मेवारी सम्हाल्दा धेरै राम्रो काम गर्नुभएको थियो । गृह मन्त्रालयमा पनि उहाँले त्यही दक्षता देखाउनु हुनेछ भन्ने अपेक्षा छ । मिडियामा आएका र गफाडीहरूका गलत कुराहरूलाई सुन्नु हुनेछैन ।’

प्रहरीभित्र आफ्ना प्रतिस्पर्धीहरूलाई विभिन्न आरोप र आक्षेपहरू लगाएर समाचार लेखाउने, निर्णय हुनुभन्दा पहिला समाचार लिक गराउने, बद्नाम गर्ने, नभएका कुराहरू प्रहरी नेतृत्वसमक्ष पु¥याउने गर्दा धेरै प्रहरी कर्मचारीहरू पीडित हुनु परेको छ ।

गृहमन्त्री अधिकारीले पनि सक्षम र राम्रा डीआईजीहरूलाई उपयुक्त जिम्मेवारी दिने पक्षमा रहेको स्रोतको भनाइ छ । अधिकारीले कसैको भनसुन वा दवावमा परेर भन्दा पनि कुशल डीआईजीहरूलाई जिम्मेवारी दिने अडान राखेको चर्चा पनि छ ।

आईजीपी थापा पनि डीआईजी सुरुवामा धेरै विवाद खडा गर्ने पक्षमा छैनन् । उनले सक्षम डीआईजीहरूलाई जिम्मेवारी दिएर अगाडि बढ्ने पक्षमा छन् । तर, आईजीपी थापालाई आफू वरीपरी गर्ने ‘हनुमान’हरू र मिडिया ट्रायल गर्नेहरूको कुरा धेरै सुन्ने गरेको भनेर आक्षेपहरू लाग्ने गरेको छ ।

मिडियामा आउने समाचारलाई आधार बनाएर आईजीपी थापाले धारणा बनाउँदा राम्रा र सक्षम प्रहरी कर्मचारीलाई समस्या परेको गुनासाहरू पनि आउने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित