९ कार्तिक २०८३, सोमबार

कपिलवस्तुमा बाढी तथा डुवानमा परेकाहरूको सशस्त्र प्रहरीद्वारा उद्वार

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, ४ असार । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका–१ स्थित मध्यनगरमा अविरल वर्षाको कारण अरुवा खोलामा पानीको बहाव बढ्न गई खोलाको बीच भागमा अलपत्र परेका ८ जना बालबालिकाहरूको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।

गाईवस्तु चराउन गएका उनीहरू खोलको बीच भागमा अलपत्र परेका थिए । खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जवावैराथबाट खटिएको सशस्त्र प्रहरीले उनीहरूको सकुशल उद्वार गरेको हो ।

नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका–५ स्थित थारु टोलमा अविरल वर्षाको कारण नारायणी नदीको बहाव बढ्न गई डुवानमा परेका २४ वटा
घरबाट खाद्यान्न तथा अन्य सामान सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ ।