शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

जितसँगै नेदरल्याण्ड्स युरो कप फुटबलको अन्तिम १६ मा प्रवेश

दैनिक नेपाल २०७८ असार ४ गते ८:०४

लण्डन, ४ असार । नेदरल्याण्ड्स युरो कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

बिहीबार राति भएको खेलमा अस्ट्रियालाई २–० गोलले हराउँदै नेदरल्याण्ड्स नकआउट चरणमा प्रवेश गरेको हो ।​ नेदरल्याण्ड्सको जितमा ११ औं मिनेटमा मेम्फिस डिपेले पेनाल्टीमार्फत र डेञ्जल डुम्फ्रिजले ६७ औं मिनेटमा गोल गरे।

समूह ‘सी’ को बिहीबार राति नै भएको अर्को खेलमा युक्रेनले नर्थ म्यासेडोनियालाई २–१ गोलले हराएको छ । यो समूहमा नेदरल्याण्ड्सको ६ अङ्क रहेको छ । युक्रेन र अस्ट्रियाको ३–३ अङ्क छ । अङ्कविहीन रहेको नर्थ म्यासेडोनिया लगभग बाहिरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित