शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

गदरको सिक्वेल फिल्म बन्ने

दैनिक नेपाल २०७८ असार ३ गते १०:४८

मुम्बई । बलिउड फिल्म ‘गदर एक प्रेम कथा’को सिक्वेल बन्ने भएको छ । ‘गदर एक प्रेम कथा’मा सनी देवल, अमिषा पटेल र अमरीश पुरीको अभिनय रहेको थियो ।

२० वर्ष अगाडि निर्माण भएको यो फिल्मको सिक्वेलका लागि १५ वर्षदेखि काम भइरहेको छ । फिल्म १५ जुन २००१ मा रिलिज भएको थियो । त्यतिबेला फिल्मले २५० करोड कमाएको थियो । फिल्मको सिक्वेल फिल्म जहाँ सकिएको थियो । त्यहीबाट सुरु हुने बताइएको छ ।

फिल्ममा सनी (तारा सिंह), अमिषा पटेल (सकीना) र उनीहरुको छोरा जीतको कथा समेटिनेछ । फिल्मको कथा इन्डिया र पाकिस्तानकै एङ्गलबाट अगाडि बढ्नेछ । फिल्मको विषयमा सनीले एक अन्तवार्तामा क्लाइमेक्स चेन्ज गरिएको बताएका थिए । उनले भनेका थिए, ‘फिल्म फ्लप हुने डरले क्लाइमेक्स सम्पादनमा परिवर्तन गरिएको थियो ।’

सो समय सनीले भनेका थिए, ‘क्लाइमेक्समा गोली लागेको कारण सकिना (अमिषा)को निधन हुने दृश्य थियो । हामीलाई लाग्यो सकिनाको निधनपछि फिल्म ट्रयाजेटी हुन्छ । दर्शकले नेगेटिभ प्रतिक्रिया दिन सक्छन् । त्यसैले फिल्मको एडिटिङमा फिल्मको अत्य राम्रो गर्न छोराको गीत सुनेपछि गोली लागेको सकिना उठ्ने बनाइएको हो ।’ सनीको समय अभावको कारण फिल्मको सुटिङका लागि भने ३ वर्ष लागेको थियो ।

प्रतिक्रिया
सम्बन्धित