९ कार्तिक २०८३, सोमबार

वरिष्ठ नेता खनालले पोखरेललाई भनेः तपाईंले पार्टी मिलाउनुस् कमरेड !

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ असार । नेकपा (एमाले)का महासचिव एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

भेटमा नेता खनालले महासचिव पोखरेललाई ‘तपाईंले पार्टी मिलाउनुस् कमरेड ।’ भनेर आग्रह गरे । जवाफमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दै महासचिव पोखरेलले भने, ‘तपाईं छिट्टै निको भएर आउनुस् अनि सल्लाह गरौं ।’

नेता खनाललाई नेपाल एयरलाइन्सको जहाजमार्फÞत थप उपचारका लागि आजै भारतको नयाँ दिल्ली लगिएको छ ।