५ मंसिर २०८३, शनिबार

तरुणहरूलाई अध्यक्ष बस्नेतद्वारा बाढीपहिरो पीडितको उद्धारमा खटिन निर्देशन

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असार । नेपाल तरुण दलले बाढीपहिरोमा परेकाहरूको राहत र उद्धारमा खटिन जल्ला कार्यसमितिहरूलाई निर्देशन दिएको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बुधबार परिपत्र जारी गरेर अबिरल वर्षासँगै आएको बाढीपहिरोबाट हजारौँ सर्वसाधारण प्रभावित भएको भन्दै उद्धार र राहतमा खटिन निर्देशन दिएका हुन् ।

‘बाढीपहिरोबाट सचेत रहन र अरुलाई पनि सचेत गराउन, जोखिममा रहेका बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न, उद्धार र राहत वितरण कार्यमा जुट्न जिल्ला एवं स्थानीय तहका सम्पूर्ण तरुण युवा साथीहरूलाई अपील छ’, बस्नेतले भनेका छन् ।

अविरल रुपमा वर्षा भई बाढी पहिरोको कारण केहि दिनदेखि सिन्धुपाल्चोक, म्याग्दी, कास्की, दाङ, बाग्लुङ, पाल्पा, मनाङ लगायत देशका विभिन्न ठाउँमा ठूलो जनधनको क्षति व्यहोरीसकेको भन्दै बस्नेतले उद्धारमा खटिन निर्देशन दिएका छन् ।

‘जल तथा मौसम विज्ञान विभागले जनाएअनुसार अझै केहि दिन लगातार वर्षा हुने पूर्वानुमान गरिएको छ’, उनले भने, ‘यस्तो समयमा खोला, नदी, नालाहरूमा पानीको बहाव बढ्ने र बाढी र पहिरोको जोखिम पनि उत्तिकै बढी रहने सम्भावना रहन्छ ।’

‘यस्तो अवस्थामा आफ्नो जिल्ला, क्षेत्रमा हुन् सक्ने विपद जोखिमको पूर्वानुमान गरी सचेत रहन र अरुलाई पनि सचेत गराउन, जोखिममा रहेका बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न, उद्धार र राहत वितरण कार्यमा जुट्न जिल्ला एवं स्थानीय तहका सम्पूर्ण तरुण युवा साथीहरूलाई नेपाल तरुण दल केन्द्रीय समिति निर्देशन गर्दछ’, परिपत्रमा उल्लेख छ ।

‘विपदका बेला कार्य गर्ने सुरक्षा निकाय, जिल्ला प्रशासन, स्थानीय तह, जनप्रतिनिधि, रेडक्रस लगायतका सामाजिक संघ संस्थाहरू एवं मातृपार्टी र अन्य भातृसंगठन संग पनि आवश्यक समन्वय सहकार्य गर्न निर्देशनसहित यो परिपत्र गरिन्छ’, तरुण दलका अध्यक्ष बस्नेतले भनेका छन् ।