शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

नायिका कंगनाविरुद्ध प्रहरीमा जाहेर, पासपोर्ट नवीकरण गर्न अस्वीकार

दैनिक नेपाल २०७८ असार २ गते ९:२१

मुम्बई । मुम्बई प्रहरीमा जाहेरी (एफआइआर) बलिउड नायिका कंगना रनावतको पासपोर्ट नवीकरण गर्न नमानेपछि अदालत पुगेकी छिन् ।

नायिका कंगना रनावत गतबर्षदेखि निरन्तर विवादमा छिन् । उनले दिएका बयानका कारण उनले समस्या पनि झेल्नु परिरहेको छ ।

पासपोर्ट विभागले कंगनाको पासपोर्ट नवीकरण गर्न नमानेको हो । चलचित्रको छायांकनका लागि उनलाई वुडापेष्ट जानुपर्नेछ । कंगनाको पासपोर्टको समय सेप्टेम्बरमा सकिदैछ । कंगनाले पासपोर्ट नवीकरणका लागि अपील गरेकी छिन् ।

कंगनाको नाममा बान्द्रा प्रहरी स्टेशनमा एफआइआर दर्ता गरिएको छ । एफआइआरका कारण पासपोर्ट विभागले कंगनाको पासपोर्ट नवीकरण गर्न अस्वीकार गरेको छ ।

जुन १५ देखि कंगनालाई बुडापेष्टको यात्रा गर्नुपर्नेछ । पासपोर्ट नवीकरण नभएपछि कंगनाले अदालतमा उजुरी दिदै आफू नायिका भएका कारण छायांकनका लागि विभिन्न देशमा जानुपर्ने भएकाले पासपोर्ट नवीकरणका लागि निवेदन दिएको बताएकी छिन् ।

कंगनाको उजुरीको सुनुवाई जुन १५ तारिखमा हुनेछ । गत वर्षको अक्टुबर १७ तारिखमा कंगनाले विभिन्न धार्मिक समूहबीच दुश्मनी बढाउनका लागि सहयोग गरेको भन्दै उनीविरुद्ध एफआइआर दर्ता गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित