शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

युरोकपमा जर्मनीलाई नमीठो धक्का, गोल नगर्दा पनि फ्रान्स विजयी

दैनिक नेपाल २०७८ असार २ गते ८:२५

लण्डन, २ असार । युरोकपको समूह एफ अन्तर्गत फ्रान्सले जर्मनीलाई हराएको छ ।

मंगलबार राति जर्मनीको एलिनाज एरिनामा भएको खेलमा आत्मघाती गोल उपहार पाएको फ्रान्सले जर्मनीलाई १–० गोलले हरायो ।

खेलको २० औं मिनेट जर्मनीका डिफेन्डर म्याट्स हमल्सले गरेको आत्मघाती गोल नै फ्रान्सको जितको लागि पर्याप्त भयो ।

खेलको ८५ औं मिनेटमा फ्रान्सका केलियन एमबाप्पेको क्रसमा करिम बेन्जिमाले गोल गरेपनि भिडिओ असिस्टेन्ट रेफ्री भीएआरले मान्यता दिएनन् ।

खेलमा जर्मनीले पोष्ट लक्षित १० वटा गोल प्रहार गरेको थियो भने फ्रान्सले जम्मा चार वटा प्रहार गरेको थियो । खेलमा ६२ प्रतिशत समय बल जर्मनीसँग थियो भने ३८ प्रतिशत फ्रान्ससँग थियो । समूह एफमा पोर्चुगल शीर्ष स्थानमा र फ्रान्स दोस्रो स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित