
दाङ, १ असार । ग्यारेजबाट सामान चोर्दै गरेको अवस्थामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
सोमबार राती पौने २ बजे दाङ लमहीको एक ग्यारेजबाट गाडीका पुरानो सामान (फलाम) चोरी गर्ने क्रममा २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अनुसन्धान भइरहेको हुनाले उनीहरू अहिले वडा प्रहरी कार्यालय लमहीको नियन्त्रणमा रहेका छन् । घटनामा संलग्न एक जना त्यही ग्यारेजमा काम गर्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ ।















प्रतिक्रिया