शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

कोपा अमेरिकामा पाराग्वेले विजयी शुरुवात, बोलिभिया पराजित

दैनिक नेपाल २०७८ असार १ गते ८:१४

न्युयोर्क, १ असार । कोपा अमेरिकाको समूह ‘ए’मा रहेको पाराग्वेले विजयी शुरुवात गरेको छ ।

उसले स्पष्ट तीन अंक जोड्न सफल भयो । मंगलबार बिहान सकिएको खेलमा पाराग्वेले बोलिभियामाथि ३–१ गोल अन्तरको जित दर्ता गर्न सफल भयो ।

इर्विन सावेदाले गोल गर्दै बेलिभियालाई शुरुमै अग्रता दिलाए पनि उक्त अग्रता भने जोगाउन असफल रह्यो । पाराग्वेका खेलाडीले फल गरेपछि बोलिभियाले पेनाल्टी पाएको थियो । रेफ्रीले रिभ्यु गरेपछि पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीलाई इर्विन सावेदाले नवौं मिनेटमा गोलमा परिणत गर्दै अग्रता दिलाएका थिए ।

पहिलो हाफको अतिरिक्त समयमा ज्योमी क्युलर दोहोरो कार्ड पाउँदै मैदान छाडेपछि बोलिभिया १० खेलाडीमा झेको थियो । पहिलो हाफमा ८ मिनेट थप गरिएको अतिरिक्त समयमा उनी दोहोरो पहँेलो कार्ड पाउँदै मैदान छाडेका थिए । उनले त्यसअघि ३८ औं मिनेटमा पहिलो पहेँलो कार्ड पाएका थिए ।

दोस्रो हाफमा १० खेडालीमा झरेपछि त्योको फाइदा पाराग्वेले भरपुर उठायो । एक गोलले पछि परेको पाराग्वेले ३ गोल थपेको थियो । ६२ औं मिनेटमा एलेक्जेन्ड्रो रोमेरोले गोल गर्दै पाराग्वेलाई बराबरीमा ल्याएका थिए ।

एन्जेल रोमेरोले ६५ औं मिनेटमा गोल गरेपछि पाराग्वे २–१ले अघि बढेको थियो । ८० औं मिनेटमा उनै एन्जेलले व्यक्तिगत दोस्रो गोल गर्दा पाराग्वे ३–१ गोल अन्तरले विजयी भयो ।

प्रतिक्रिया
सम्बन्धित