२ कार्तिक २०८३, सोमबार

इजरायलमा बेन्जामिन नेतान्याहूको १२ वर्षे शासन ढल्यो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ३१ जेठ । इजरायलमा बेन्जामिन नेतान्याहूको १२ वर्षे शासनकाल समाप्त भएको छ ।

दक्षिणपन्थी नेता नाफ्टाली बेनेटले आइतबार संसदमा ६० मत पाएपछि नेतान्याहू प्रधानमन्त्री पदबाट मुक्त भएका हुन्। योसँगै उनले नयाँ गठबन्धनको सरकारलाई सत्ता हस्तान्तरण गरेका छन् ।

नयाँ सरकारको प्रस्ताव पेश गरेको विभिन्न आठ पार्टीको गठबन्धनबीच भएको सम्झौताअनुसार यामिनान पार्टीका बेनेट सन् २०२३ को सेप्टेम्बरसम्म इजरायलको प्रधानमन्त्री बन्नेछन्। त्यसपछिको दुई वर्षका लागि याइर लपिड प्रधानमन्त्री बन्नेछन् ।

इजरायलमा बनेको नयाँ सरकारसँग विपक्षीभन्दा केवल एक सिटमात्रै बढी छ। उनको गठबन्धनमा इजरायलको इतिहासमा पहिलोपटक एउटा दल पनि सामेल छ। जसले २१ प्रतिशत अरब अल्पसंख्यक प्रतिनिधित्व गर्दछ ।

निर्वाचनमा कसैले पनि बहुमत ल्याउन नसकेपछि र गठबन्धन सरकार बनाउन नसकेपछि इजरायलमा पछिल्लो दुई वर्षमा चारपटक आम निर्वाचन भएको थियो। यद्यपि, कुनै दलले स्पष्ट बहुमत ल्यान सकेका थिएनन्। त्यसैले जोसँग बहुमत पुग्छ उसैको सरकार गठन हुने निश्चित थियो ।

इजरायलमा नयाँ सरकार बनेपछि पछिल्लो दुई वर्षदेखि देखिँदै आएको राजनीतिक अस्थिरताको भने अन्त्य हुने विश्वास लिइएको छ ।

नेतान्याहू इजरायलमा सबैभन्दा लामो समयसम्म सत्तामा रहने नेता हुन्। नेतान्याहूले नयाँ सरकारलाई धोकाधडी र आत्मसमर्पणबाट बनेको खतरानक गठबन्धनको संज्ञा दिएका छन्। उनले छिटै नै नयाँ सरकार ढालिदिने चेतावनी दिएका छन् ।

सत्ता हस्तान्तरण गर्दै ७१ वर्षीय प्रभावशाली इजरायली राजनीतिज्ञ नेतान्याहूले आफू चाँडै सत्तामा फर्कने वाचा गरेका छन् ।