शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३८ लाखनजिक, २४ घण्टामा थपिए करिब ४ लाख संक्रमित

दैनिक नेपाल २०७८ जेठ २९ गते ११:०३

काठमाडौं, २९ जेठ । विश्वमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या आज शनिबार बिहानसम्ममा ३८ लाखनजिक पुगेको छ ।

हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३७ लाख ९९ हजार ३१३ पुगेको छ । पछिल्लो केही समययता दैनिक १० हजारभन्दा बढी सङ्क्रमितको मृत्यु भइरहेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख ८८ हजार ९६३ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै सङ्क्रमितको सङ्ख्या १७ करोड ५९ लाख ९५ हजार २०२ पुगेको छ । सङ्क्रमितमध्ये १५ करोड ९८ लाख ८५ हजार ३७६ जना निको भएका छन् ।

१ करोड २३ लाख १० हजार ५१३ जनाको उपचार जारी छ । उपचाररतमध्ये ८४ हजार ४८५ जनाको अवस्था चिन्ताजनक छ ।

प्रतिक्रिया
सम्बन्धित