बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

कोरोनासहित अन्य आकस्मिक बिरामीलाई लक्षित गरी रिचार्जरले ल्यायो ‘पोर्टेबल अक्सिजन ब्याग’

दैनिक नेपाल २०७८ जेठ २८ गते १०:५४

काठमाडौं, २८ जेठ । ई–कमर्श प्लेटफर्म रिचार्जरले कोरोनाका साथै अन्य आकस्मिक बिरामीहरूका लागि लक्षित गर्दै ‘पोर्टेबल अक्सिजन ब्याग’ बजारमा ल्याएको छ ।

कोभिडसम्बन्धी सबै किसिमका सामानहरू बजार मूल्यभन्दा सस्तोमा उपलब्ध गराउँदै आएको रिचार्जरले अक्सिजन ब्यागको विक्रीवितरण शुरू गर्न लागेको हो । आज शुक्रबार दिउँसो २ बजेदेखि ५ बजेसम्म रिचार्जर एपमा उक्त ब्याग खरिदका लागि बुकिङ तथा अर्डर गर्न सकिने जनाएको छ ।

उक्त अवधिमा बुकिङ गर्नेहरूलाई पोर्टेबल अक्सिजन २ हजार रूपैयाँको दरमा उपलब्ध हुने छ । उक्त अवधिमा रिचार्जरका प्रयोगकर्ताले ५०० देखि ५ हजारसम्म क्यास प्वाइन्ट रिडिम गर्न सक्ने छन् ।

१ लिटर क्षमताको उक्त पोर्टेबल ब्यागले ४५ मिनेटदेखि १ घण्टासम्मका लागि बिरामीलाई अक्सिजन उपलब्ध गराउने छ । उक्त अवधिमा बिरामीलाई अस्पताल पुर्याउन पोर्टेबल अक्सिजनले सधाउ पुर्याउने छ । एक पटक अक्सिजन सकिए पछि अक्सिजन सिलिन्डर वा अक्सिजन रिफिल गर्ने ठाउँबाट ब्यागमा फेरि भरेर प्रयोग गर्न सकिन्छ । यसका लागि पनि पूर्ण रि–फिल गर्न सकिन्छ ।

रिचार्जरले १० लिटर क्षमताको अक्सिजन सिलिण्डर ९ हजार ९९९ रूपैयाँमा उपलब्ध गराउने छ भने सर्जिकल मेल्टबोन मास्क ३ रूपैयाँका साथै अन्य वस्तुहरू सस्तो मूल्यमा उपलब्ध गराउने छ । साथै रिचार्जरले ५ लिटर क्षमताको वाई यू ३०० अक्सिजन कन्सन्ट्रेटर ३३ हजार ९९९, ओगल्सको ५ लिटर क्षमताको ६५ हजार र १० लिटर क्षमताको १ लाख ३५ हजार रूपैयाँमा उपलब्ध गराउने पनि बताएको छ ।

गुगल–प्ले तथा एप्पलको एपस्टोरबाट रिचार्जर डाउनलोड गरी खाता खोल्दा १ हजार क्यास प्वाइन्ट पाइने छ । सामान खरिद गर्दा यस्तो क्यास प्वाइट रिडिम गरी ५ देखि १० प्रतिशतसम्म छूट पाउन सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित