शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

विश्वकप र एशिया कप छनोट : नेपाल र अष्ट्रेलियाबीचको खेल आज राति पौने १० बजेदेखि हुने

दैनिक नेपाल २०७८ जेठ २८ गते १०:४५

काठमाडौं, २८ जेठ । फिफा विश्वकप २०२२ तथा एएफसी एशियन कप २०२३ को संयुक्त छनोटको दोस्रो चरणको अन्तिम खेलमा आज नेपालले अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ ।

कुवेत सिटीमा हुने खेल नेपाली समय अनुसार राति पौने १० (९ः४५) बजेदेखि शुरू हुने छ । आजको खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध युवा खेलाडी उतार्ने बताएको छ । कोरोना महामारीपछि बाँकी ३ खेल खेल्न कुवेत पुगेको नेपालले यसअघि चाइनिज ताइपेईलाई २–० ले हराएको थियो भने जोर्डनसँग ३–० ले पराजित भएको छ ।

समूह ‘बी’ मा रहेको नेपाल यसअघि नै विश्वकप छनोटबाट बाहिरिसकेको छ भने एशिया कपको अर्को चरणमा पुग्नका लागि पनि अब प्लेअफको सहायता लिनुपर्ने छ । यदी नेपालले अष्ट्रेलियालाई हराएमा र अन्य समूहका टीमहरुको नतिजा पनि नेपाल अनुकुल आएमा मात्र नेपाल समूहमा चौथो हुनेमध्ये उत्कृष्ट चारमा पर्दै एशिया कप छनोटको तेस्रो चरण पुग्ने छ ।

समूह चरणमा ७ खेल खेलिसकेको नेपालले दुई जित र ५ खेलमा हारको नतिजासहित ६ अंक जोडेको छ । नेपालले यसअघि विश्वकप छनोटमै २०१९ मा अष्ट्रेलियासँग खेलेको थियो । क्यानबेरामा भएको उक्त खेलमा नेपाल ५–० ले पराजित भएको थियो ।

यद्यपि आज नेपालले अष्ट्रेलियाविरुद्ध नतिजाभन्दा पनि प्रदर्शनमा जोड दिएर खेल्ने प्रशिक्षक अब्दुल्ला अलमुताइरीले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित