७ कार्तिक २०८३, शनिबार

प्लेइङ फर चेञ्ज नेपाल फाउण्डेशनद्वारा ललितपुर महानगरलाई फोग मेशिन सहयोग

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ जेठ । ललितपुर महानगरपालिकाबाट सञ्चालित दुई वटा आइसोलेन केन्द्रका लागि प्लेइङ फर चेञ्ज नेपाल फाउण्डेशनले दुई वटा अत्याधुनिक फोग मेशिन सहयोग गरेको छ ।

बिहीबार ललितपुर महानगरपालिकाको सभाहलमा आयोजना गरिएको एक कार्यक्रममा फाउण्डेशनका सल्लाहकार बिसन्तर शाक्य, अध्यक्ष ईश्वर बज्राचार्य, उपाध्यक्ष प्रविनबहादुर शाक्य तथा सदस्य सुजन बज्राचार्यले संयुक्त रुपमा मेयर चिरिबाबु महर्जनज तथा उपमेयर गीता सत्याललाई फोग मेशिन हस्तान्तरण गरिएको हो ।

कोरोना महामारीको समयमा अत्याधुनिक फोग मेशिनको सहयोगले कोरोना रोकथाममा थप सहयोग हुने छ । यो सामग्री ललितपुर महानगरकाको सम्पत्तिको रुपमा दर्ता हुने र यसलाई तत्काल ललितपु्र महानगरपालीबाट ज्यापु समाज वृद्धाश्रम तथा खोकनामा सञ्चालित आइसोलेन केन्द्रमा पठाइने बताइएको छ ।

महामारीको बेला आइसोलेसन नपाएर मानिसले कष्ट भोग्नु परिरहेको स्थितिलाई दृष्टिगत गरी महानगरपालिकाले आइसोलेसन कक्ष सञ्चालन गरी मानवीय जीवनरक्षा गर्ने कार्य गरिरहेकोमा फाउण्डेशनको तर्फबाट अत्यावश्यक फोग मेशिन सहयोग गरिएको फाउण्डेशनका अध्यक्ष ईश्वर बज्राचार्यले बताए ।