बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कोरोना संक्रमणका कारण थप एक जनाको मृत्युसँगै मृतक पत्रकारको संख्या २० पुग्यो

दैनिक नेपाल २०७८ जेठ २७ गते १५:५४

काठमाडौं, २ठ जेठ । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जना पत्रकारको मृत्यु भएको छ ।

नेपाल पत्रकार महासंघ कास्की शाखाका सदस्य अग्रज पत्रकार यज्ञप्रसाद बास्तोलाको आज बिहान मृत्यु भएसँगै कोरोना संक्रमणका कारण मृत्यु हुने पत्रकारको संख्या २० पुगेको नेपाल पत्रकार महासंघले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि ७० वर्षीय पत्रकार बास्तोलालाई पोखरास्थित रिजनल अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको स्वास्थ्यमा थप समस्या देखिएपछि हिजो बुधबार पोखराकै चरक अस्पतालमा उपचारका लागि भर्ना गरिएको र उपचारकै क्रममा सोही अस्पतालमा आज बिहान ३ बजे निधन भएको हो ।

स्वर्गीय बास्तोलाका दुई श्रीमती, तीन छोरा र एक छोरी छन् । पोखरा–५ का स्थायी बासिन्दा पत्रकार बास्तोला विगत चार दशकदेखि पोखरामा रही पत्रकारितामा क्रियाशील रहँदै आएका थिए ।

उनले पोखराको माछापुच्छ्रे एफएम, माइक्रो न्यूज, आदर्श समाज र स्वतन्त्र सन्देशलगायत सञ्चारमाध्यममा कार्यक्रम प्रस्तोतादेखि सहसम्पादक र सम्पादकको जिम्मेवारी निर्वाह गरेका थिए ।

महासंघका अनुसार हालसम्म ९५० जना भन्दा बढी पत्रकार संक्रमित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित