शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

‘त्रूटीपूर्ण शान्ति प्रक्रिया र राजनीतिक संरचनामा पूनर्विचार गरौं’

दैनिक नेपाल २०७८ जेठ २७ गते १५:११

काठमाडौं, २७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सगुन सुन्दर लावतीले सुखी, खुशी र समावेशी नेपाल निर्माणका लागि त्रूटीपूर्ण शान्ति प्रक्रिया र राजनीतिक संरचनामा पूनर्विचार गर्नु पर्ने बताएका छन् ।

‘त्रिपक्षीय द्वन्द्वको एक पक्ष दरबार अर्थात् राजसंस्थालाई पाखा राखेर नयाँ नेपाल, दिगो शान्ति प्राप्त हुन नसकेको भन्दै उनले हालसम्मको प्रयास र राजनीतिक प्रक्रिया समेत सफल नभएको दाबी गरेका छन् ।

‘त्यसकारण अब सुखी, खुशी र समावेशी नेपाल प्राप्त गर्न, पूर्वाग्रही मार्गचित्र त्यागेर राजसंस्था सहितको व्यावहारिक प्रजातन्त्र आवश्यक भएको छ,’ राप्रपाका कार्यसम्पादन सदस्य लावतीले भनेका छन् ।

राष्ट्रियता, प्रजातन्त्र सुढृद तुल्याउन, नयाँ द्वन्द्वको सम्भावना निमिट्यान्न पार्न राजसंस्था, सनातन हिन्दुराष्ट्र पक्षधरलगायत सबै नेपालीहरु एक ठाउँ बसेर वर्तमान संकट निवारण गर्नु पर्ने लावतीको भनाइ छ ।

संविधान र पद्धति संकटग्रस्त भएको भन्दै लावतीले, कार्यपालिका, व्यवस्थापिका, राष्ट्रपति, प्रधानमन्त्री मात्र नभएर पछिल्लो समय न्यायालय नै विवादको घेरामा परेको भन्दै चिन्ता प्रकट गरे ।

प्रतिक्रिया
सम्बन्धित