शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

गण्डकीका मुख्यमन्त्री गुरुङले भने– विपक्षीको बहुमत पुग्ने अवस्था छैन

दैनिक नेपाल २०७८ जेठ २७ गते १३:४८

पोखरा, २७ जेठ । गण्डकी प्रदेशसभामा विश्वासको मत पाउन प्रस्ताव पेस गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विपक्षीको बहुमत पुग्ने अवस्था नरहेको बताएका छन् ।

बिहीबार जारी संसद् बैठकमा उनले विपक्षीको बहुमत नपुग्ने अवस्था एक महिनाअघि नै पुष्टि भएको उनको भनाइ थियो । उनले कसैको बहुमत नपुग्दा संविधानबमोजिम अघि बढ्ने पनि बताएका छन् ।

प्रदेशसभामा विश्वासको मत माग्दै मुख्यमन्त्री गुरुङले प्रदेशसभाको पूर्णकार्यकाल र संघीयताको सबलीकरणका लागि आफूलाई मत दिन आग्रह गरेका छन् ।

कुल ६० जना प्रदेशसभा सदस्य रहेको गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन आवश्यक पर्छ । जसमा एमालेका २७ सांसद छन् भने काँग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जसपाका २ र राष्ट्यि जनमोर्चाका ३ जना सांसद गरी कुल ३२ सांसद छन् ।

यसअघि आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मतदान हुनुभन्दा एक दिनअघि मुख्यमन्त्री पदबाट राजीनामा दिएर प्रदेश सभामा ठूलो दलको नेताको हैसियतले पुनः गुरुङले वैशाख २९ गते मुख्यमन्त्रीको शपथ लिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित