बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा बीमाशुल्क भुक्तानीको बिलम्व शुल्कमा छूट

दैनिक नेपाल २०७८ जेठ २७ गते १२:४८

काठमाडौं, २७ जेठ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले बीमाशुल्क भुक्तानीको बिलम्व शुल्कमा छूट दिने भएको छ ।

विद्यमान अवस्थालाई दृष्टिगत गर्दै कम्पनीले आज (जेठ २७ गते) देखि लागू हुनेगरी यस्तो सुविधा ल्याएको हो । ‘२०७८ आसार मसान्तभित्र बीमाशुल्क किस्ता तिर्ने बीमितलाई बिलम्व शुल्क छूट दिने व्यहोरा सबैलाई जानकारी गराउन चाहन्छौं,’ बिहीबार कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले बीमाशुल्ब बुझाउन तीन महिना ढिलो हुँदा शतप्रतिशत, ६ महिना ढिलो हुँदा ७५ प्रतिशत र ६ महिना भन्दा बढी समय ढिलो हुँदा ५० प्रतिशत छूट दिने बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित