शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

म्यान्मारको सैनिक शासनले आङ सान सू चीमाथि लगायो भ्रष्टाचारको औपचारिक आरोप

दैनिक नेपाल २०७८ जेठ २७ गते १२:०७

म्यानमार, २७ जेठ । म्यान्मारमा अपदस्थ नेतृ आङ सान सू ची तथा अन्य अधिकारीहरूलाई सैन्य जुन्ताले भ्रष्टाचारको औपचारिक आरोप लगाएको छ ।

उनले पदको दुरुपयोग गर्दै भ्रष्टाचार गरेकोमा दोषी पाइएको भन्दै सेनाले एक वक्तव्य प्रकाशन गरेर बिहीबार यस्तो जानकारी दिएको हो । यस कसूरका लागि उनलाई १५ वर्षसम्मको कारावास सजाय दिइन सक्ने छ ।

सू चीविरुद्ध अन्य पनि फौजदारी आरोपहरू छन् र यी राजनीतिक रूपमा अभिप्रेरित रहेको उनका साझेदारहरूको भनाइ छ । उनले अवैध रूपमा वाकीटकी रेडियो राखेको र आधिकारिक गोप्यता ऐन उल्लंघन गरेको आरोप पनि छ ।

फेब्रुअरी १ मा सेनाले सत्ता कब्जा गरेदेखि नै सू चीलाई हिरासतमा लिएको छ । सुरक्षाकर्मीहरूले सयौं कार्यकर्ताको हत्या गरिसकेका छन् र अन्य हजारौंलाई पक्राउ गरेका छन् । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित