बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

स्वास्थ्यमन्त्रीसँग २० रोपनी भन्दा धरै जग्गा, उषाकलाको नाममा अढाइ तल्लाको घर (विवरण)

दैनिक नेपाल २०७८ जेठ २७ गते ११:१८

काठमाडौं, २७ जेठ । नवनियुक्त स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले आफू र आफ्नी पत्नीको नाममा रहेकोसहित २० रोपनी भन्दा धेरै जग्गा जमिन रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

उनले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनको काठमाडौंसहित देशका विभिन्न १४ ठाउँमा जग्गा छ । पैतृक सम्पत्ति र आफूले जोडेको सम्पत्तिसहित गरेर उनको र उनकी पत्नीको नाममा २० रोपनीभन्दा धेरै जग्गा रहेको विवरण सार्वजनिक गरेका हुन् ।

उनकी पत्नी उषाकला राईको नाममा मोरङ र खोटाङमा जग्गा छ भने तामाङको नाममा काठमाडौं र सिन्धुपाल्चोकमा जग्गा छ । त्यस्तै, उनले आफूसँग २२ तोला सुन रहेको बताएका छन् भने काठमाडौंको गोकर्णेश्वरमा श्रीमती उषाकलाको नाममा अढाइ तल्लाको घर रहेको बताएका छन् ।

यस्तो छ, उनको सम्पत्ति विवरण–

प्रतिक्रिया
सम्बन्धित