शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

अर्जेन्टिनाका राष्ट्रपतिको अभिव्यक्तिले ब्राजिलमा बबण्डर

दैनिक नेपाल २०७८ जेठ २७ गते ९:५८

लण्डन, २७ जेठ । ल्याटिन अमेरिकी मुलुक अर्जेन्टिनाका राष्ट्रपति अल्बेर्टो फर्नान्डेज एउटा अभिव्यक्तिका कारण अहिले विवादमा परेका छन् । उनले मेक्सिको र ब्राजिलका मानिसहरूबारे दिएको अभिव्यक्तिले विवाद निम्त्याएको हो ।

अर्जेन्टिना, ब्राजिल र मेक्सिको दक्षिण अमेरिकाका दुई ठूला मुलुक हुन् । फुटबलका कारणले अर्जेन्टिना र ब्राजिल संसारभरि चिनिएका छन् ।

संसारका हरेक कुनामा ब्राजिल र अर्जेन्टिनाका फुटबल समर्थक भेटिन्छन् । आगामी विश्वकपका लागि महादेशीय छनौट खेल भइरहेका बेला स्वभाविक रूपमा अर्जेन्टिना र ब्राजिलका समर्थक विभाजित छन् ।

राष्ट्रपति फर्नान्डेजले ब्राजिलियनलाई हेपेर अभिव्यक्ति दिएका छन् । अर्जेन्टिना भ्रममा आएका स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजसँगको संयुक्त पत्रकार सम्मेलनका क्रममा बुधबार राष्ट्रपति फर्नान्डेजले भने, ‘मेक्सिकनहरू आदिवासी हुन् । ब्राजिलियनहरू जंगलबाट आएका हुन् । हामी अर्जेन्टिनीहरू पानीजहाजबाट आएका हौं ।’

फर्नान्डेजले अर्जेन्टिनीहरूको युरोपसँगको सम्बन्धलाई जोड दिन यस्तो भनेका थिए । उनको अभिव्यक्ति विवादमा परेको हो । अर्जेन्टिना र ब्राजिलका सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको चर्को आलोचना गरेका छन्। कतिले मजाक पनि उडाएका छन् ।

ब्राजिलका राष्ट्रपतिले पनि सामाजिक सञ्जाल ट्वीटरमा आदिवासीहरूसँग उभिएको आफ्नो फोटो राख्दै सेल्भा लेखेर ब्राजिलको झन्डा राखेका छन् । सेल्भाको अर्थ जंगल हो ।

राष्ट्रपति फर्नान्डेजले कसैलाई होच्याउने आफ्नो मनसाय नभएको भन्दै आफ्नो अभिव्यक्तिले पर्न गएको चोटप्रति क्षमा मागेका छन् ।

प्रतिक्रिया
सम्बन्धित