महोत्तरी, २७ जेठ । नेपाली कांग्रेस प्रदेश–२ सरकारमा सहभागी भएको छ ।
मुख्यमन्त्री लालबाबु राउतले कांग्रेसलाई समेटेर मंगलबार राति मन्त्रिपरिषद् विस्तार गरेका छन् । कांग्रेसका संसदीय दलका नेता रामसरोज यादव भौतिक पूर्वाधार, यातायात, ओमप्रकाश शर्मा ऊर्जा विकास तथा खानेपानी र वीरेन्द्र सिंह महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री बनेका छन् ।
कांग्रेसलाई सरकारमा सहभागी गराउनकै लागि सात वटा मन्त्रालय फुटाएर ११ वटा बनाइएको छ ।
मन्त्रालयको भागबन्डा नमिल्दा माओवादी केन्द्र भने सरकारमा सहभागी भएन । केन्द्रमा जनता समाजवादी पार्टी विभाजन नजिकै पुगेको असर प्रदेश सभामा पनि देखिएको छ ।
केन्द्रमा अध्यक्ष महन्थ ठाकुर पक्ष सरकारमा गएको छ । त्यसको विरोधमा अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले प्रदेश–२ मा ठाकुर पक्षका मन्त्री हटाएर कांग्रेसलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेको छ ।











प्रतिक्रिया