रौतहट, २७ जेठ । रौतहट प्रहरीले बुधबार बिहान दुई जना भारतिय नागरिक सहित तीस लाख रुपैयाँ बरामद गरेको छ ।
रौतहटको परोहा नगरपालिका वाड नं। ९ रामपुरखाप स्थित नेपाल भारत सिमामा प्रहरीले चेकजाँच गर्ने क्रममा ति दुइ भारतिय नागरिक सहित रकम बरामद गरेको हो ।
भारतबाट नेपाल तर्फ आउदै गरेको बिआर ०५ आर ४५२१ नम्बरको भारतिय नम्बरको मोटरसाइकल सहित मोटरसाइकल चालक भारत मोतिहारी घोडासहन बस्ने २२ बर्षिय बन्टि कुमार कलवार र पछाडि बस्ने सोही गाउका वर्ष २० को सुरज कलवारलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख सिद्धिबिक्रम शाहले जानकारी दिएका छन् ।
प्रहरीले सिमा क्षेत्रमा चेकजाँच गर्दा उनीहरुको साथबाट भारतबाट नेपाल तर्फ ल्याएको अवैध ३० लाख ७६ हजार नेपाली रुपैया बरामद गरेको एसपी शाहले जानकारी दिए ।
मोटरसाइकल सहित उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरेको उनले जानकारी दिएका छन । गत साउन यता रौतहट प्रहरीले करिब १ करोड भन्दा बढी श्रोत नखुलेको रकम बरामद गरिसकेको छ । यस अघि पनि सिमा क्षेत्रबाट पटक पटक श्रोत नखुलेको रकम प्रहरीले बरामद गदै आइरहेको थियो ।











प्रतिक्रिया