वीरगञ्ज, २६ जेठ । जिल्ला प्रहरी कार्यालय पर्साले तीन जना चोरहरूलाई पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका– ११ श्रीपुर बस्ने प्रकाश रौनियारको घरबाट ल्यापटप तथा मोबाइल लगायतका धनमाल चोरी गरेको अभियोगमा जगरनाथपुर गाउँपालिका– ६ का वर्ष १९ का मुन्नाकुमार राम पक्राउ परेको प्रहरीले जनाएको छ ।
चोरी मुद्दामा पर्सा जिल्ला अदालतबाट रामलाई ५ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।
वीरगञ्ज– ११, श्रीपुर बस्ने वर्ष ४५ की सकुन्तला मेहताले वीरगञ्ज– ८ घण्टाघरस्थित तरकारी बजारमा तरकारी किन्दै गर्दा घाँटीमा लगाएको सुनको सिक्री लुट्ने वीरगञ्ज– १६ बस्ने वर्ष १९ को निरज नट र वर्ष १९ का युवराज रायलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूलाई पनि जिल्ला अदालतबाट थप अनुसन्धानका लागि ५ दिन म्याद लिइएको छ ।











प्रतिक्रिया