शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

भारतका निजी अस्पताललाई शुल्क लिएर कोरोनाको भ्याक्सिन लगाउने अनुमति

दैनिक नेपाल २०७८ जेठ २६ गते ८:३७

नयाँदिल्ली, २ जेठ । भारत सरकारले निजी अस्पताललाई तोकिएको शुल्क लिएर कोरोनाभाइरसविरुद्धको भ्याक्सिन लगाउने अनुमति दिएको छ ।

योसँगै अब तोकिएको शुल्क लिएर निजी अस्पतालहरुले कोभिशिल्ड, कोभ्याक्सिन तथा स्पुतनिक भ्याक्सिन लगाउन पाउने भएका हुन् ।

भारतीय स्वास्थ्य मन्त्रालयले तोकेको खोप अनुसार शुल्कसमेत निर्धारण गरेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार निजी अस्पतालले कोभिशिल्ड भ्याक्सिनको ७ सय ८० भारतीय रुपैयाँ लिन पाउनेछन् ।

त्यसैगरी, कोभ्याक्सिनको १४१० र स्पुतनिक भ्याक्सिनको ११४५ भारतीय रुपैयाँ तोकिएको भारतीय सञ्चारमाध्ययमा उल्लेख छ । सरकारको यो निर्णयसँगै भारतमा खोप अभियान तिब्र हुने विश्वास सरकारी अधिकारीको छ ।

प्रतिक्रिया
सम्बन्धित