
पोखरा, २५ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी बिहीबार (जेठ २७ गते) विश्वासको मत लिने भएका छन् ।
विश्वासको मत लिने प्रयोजनका लागि उनले संसद सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् । प्रदेश सभामा ठूलो दलको नेताका हैसियतले वैशाख २९ गते प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट मुख्यमन्त्री नियुक्त भएका गुरुङले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुरुप मत लिन लागेका हुन् ।















प्रतिक्रिया