बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कोरोना संक्रमणबाट संस्कृतिविद् एवम् कलाकार एकाराम सिंहको निधन

दैनिक नेपाल २०७८ जेठ २५ गते १२:१४

काठमाडौं, २५ जेठ । कोरोना भाइरसको संक्रमणका कारण संस्कृतिविद् एवं‌ कलाकार एकाराम सिंहको निधन भएको छ ।

बाल साहित्य एवं‌ चित्रकलामा ख्याति कमाएका उनको ५३ वर्षको उमेरमा हिजो सोमबार निधन भएको हो । उनी कपनस्थित करूणा अस्पतालको आइसीयुमा उपचाररत थिए ।

काठमाडौं महानगरपालिकाले तयार पारेको स्थानीय पाठ्यक्रममा समावेश हुने चित्रकला तयार पारेका उनले राणा प्रधानमन्त्री एवम् राजपरिवारका सदस्यहरूको समेत कैयौं चित्र कोरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित