७ कार्तिक २०८३, शनिबार

सुदूरपश्चिम प्रदेश सभाको बैठक शुरू

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २५ जेठ । सुदूरपश्चिम प्रदेश सभाको बैठक शुरू भएको छ ।

बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले आफूलाई विश्वासको मत माग्ने प्रस्ताव गर्ने छन् । सो प्रयोजनका लागि नेकपा एमालेको माधव नेपाल पक्षले विश्वासको मतको पक्षमा मत दिने निर्णय गरिसकेको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने सरकारलाई समर्थन गरेको एमाले र माओवादीको मतले मुख्यमन्त्रीले विश्वासको मत नपाउने अवस्था आएमा मात्र मत दिने निर्णय गरेको छ ।

विश्वासको मतका लागि मुख्यमन्त्री भट्टलाई २७ मत चाहिन्छ । ५२ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित २५ जना, माओवादी केन्द्रका १३ जना, नेपाली कांग्रेसका १२ जना र जनता समाजवादी पार्टीका २ जना प्रदेशसभा सदस्य छन् ।