७ कार्तिक २०८३, शनिबार

टोपबहादुर रायमाझी भन्छन्– विघटन र बिसर्जनतिर लागेको माओवादी केन्द्रमा फर्किन्न

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ जेठ । नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले माओवादी केन्द्रमा फर्किन लागेको समाचार झूठो भएको बताएका छन् ।

उनले पछिल्लो समय केही सञ्चार माध्यमहरुमा माओवादी केन्द्रमा फर्किन लागेको भनेर आएका समाचार आधारहीन, भ्रमपूर्ण एवं कपोकल्पित भएको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पदलोलुपताका कारण पार्टी विघटनको दिशामा अगाडि बढेको आरोप समेत लगाएका छन् । उनले भनेका छन्, ‘कुर्सी मोह, अस्थिरता, परिवारवादी एवं भ्रष्ट आचरणका कारण उहाँ राजनीतिक एवं वैचारिक रुपमा नै विचलित भई सिङ्गो पार्टीलाई विघटन एवं विसर्जनको दिशमा अगाडि बढाउँदै कांग्रेस सभापतिको शरणमा पुगेको स्थिति छ ।’

उनले सुशासनसहितको स्थिरतामार्फत मुलुकमा दीगो र चौतर्फी विकास एवं समृद्धि तथा नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा एवं विकासका लागि केपी शर्मा ओलीको नेतृत्वमा रहेको कम्युनिष्ट पार्टीसँग एकता र सहकार्यको प्रक्रियामा नै रहेको समेत जानकारी दिएका छन् ।