७ कार्तिक २०८३, शनिबार

६०–६४ वर्ष उमेर समूहकालाई आजदेखि भेरोसेल खोप लगाइँदै (खोप केन्द्रको सूचीसहित)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ जेठ । काठमाडौं महानगरपालिकाले आजदेखि ६० वर्षदेखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेल खोप लगाउने भएको छ ।

सो उमेर समूहका करिब १ लाख नागरिकलाई खोप लगाउने लक्ष्य महानगरपालिकाको रहेको मेयर विद्यासुन्दर शाक्यले जानकारी दिएका छन् । यो अभियान ५ दिनसम्म छल्ने छ ।

महानगरपालिकाले तयार पारेको कार्यतालिका अनुसार आज जेठ २५ गते ६४ वर्ष उमेर समूहकालाई मात्रै खोप दिइने छ । २९ गतेसम्म चल्ने खोप अभियानमा हरेक दिन फरक–फरक उमेर समूहका व्यक्तिलाई खोप दिइने छ ।

जसअन्तर्गत् २६ गते ६३ वर्षका, २७ गते ६२ वर्षका, २८ गते ६१ वर्षका र अन्तिम दिन अर्थात् २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाउने तयारी गरिएको महानगरपालिकाका शहरी स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए ।

यसअघि पहिलो मात्राको खोप लगाउन छुटेका ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई यस पटक यो खोप दिन लागिएको हो । खोप लगाउन जाँदा उमेर खुलेको फोटो भएको सरकारी कागज लिएर जानु पर्ने छ । यसप्रकारको कागज नभए वडासँग सम्पर्क गरेर सिफारिस लिएर जानुपर्ने छ ।

खोपकेन्द्रहरू

१. नन्दी रात्री स्कुल, नक्साल
२. वडा कार्यालय, लाजिम्पाट
३. वडा कार्यालय, महाराजगञ्ज कान्ति सांस्कृतिक केन्द्र
४. वडा कार्यालय, वालुवाटार
५. वडा कार्यालय, हाँडीगाउँ
६. महेन्द्र बौद्ध उच्च माध्यमिक विद्यालय, बौद्ध
७. वडा कार्यालय, मित्रपार्क, चावहिल
८. गोल्डेन लाइट पार्टी प्यालेस, जय बागेश्वरी
९. अनुपम फुडल्याण्ड, बत्तीसपुतली
१०. म्याक डोनाल्ड पार्टी प्यालेस, मध्यबानेश्वर
११. विश्व निकेटन उच्च माध्यमिक विद्यालय, त्रिपुरेश्वर
१२. बुद्ध माई अस्पताल, टेकु
१३. जनप्रभात माध्यमिक विद्यालय, कालीमाटी
१४. वडा कार्यालय, भुवनेश्वरी कलंकी
१५. भुइँखेल चौर, स्वयम्भू
१६. बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र, जुडो हल, नयाँ बजार
१७. पब्लिक युथ क्याम्पस, धोवी चौर
१८. पुष्पलाल पार्क, विष्णुमती किनार
१९. वडा १९ कार्यालय परिसर,
२०. शान्ति निकुञ्ज माध्यमिक विद्यालय, भगवती बारी
२१. सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, यंगाल
२२. वडा कार्यालय, टेवहाल
२३. नव आदर्श विद्यालय, बसन्तपुर
२४. इतुमबहाल, तारणीबहाल
२५. कन्या मन्दिर माध्यमिक विद्यालय, छत्रपाटी
२६. वडा कार्यालय परिसर, लैनचौर
२७. महावौद्ध चोक
२८. कार्यालय परिसर, सिटी मार्केट
२९. विजय स्मारक माध्यमिक विद्यालय, डिल्लीबजार
३०. सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, ज्ञानेश्वर चोक
३१. ईपीएस स्कूल, मीनभवन
३२. वडा कार्यालय परिसर, पाल्पाकोट