७ कार्तिक २०८३, शनिबार

राउटे युवतीलाई जबर्जस्ती करणी गरेको भन्दै तीन जनाविरुद्ध किटानी जाहेरी

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, २४ जेठ । दुई जना राउटे युवतीमाथि जबर्जस्ती करणी गरेको आरोपमा तीनजनाविरुद्ध सुर्खेत प्रहरीमा किटानी जाहेरी दर्ता भएको छ ।

मानव ओसारपसार, यौन दुर्व्यवहार र जबर्जस्ती करणीको मुद्दा चलाउन किटानी जाहेरी दिइएको हो । १९ र २३ वर्षकी ती दुई जना युवतीलाई होटेलमा लगेर मदिरा सेवन गराई जबर्जस्ती करणी गरेको भन्दै गुर्भाकोट नगरपालिकाका दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटेल सञ्चालक विनोद पुनविरुद्ध जाहेरी परेको हो ।

उनीहरू तीनैजनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरू गरिसकेको छ । अनुसन्धानका क्रममा उनीहरुले गल्तीसमेत स्वीकार गरिसकेको प्रहरीले बताएको छ ।