७ कार्तिक २०८३, शनिबार

नवलपरासीमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी (पूर्व), २४ जेठ । देवचुली नगरपालिका–२ हमालचोकस्थित सडकमा ना. १ क ३९५३ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनलाई इलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौली लगेकोमा उपचारको क्रममा उनको मृत्यु भएको बताइएको छ ।