७ कार्तिक २०८३, शनिबार

माधव नेपालसँगको भेटपछि प्रचण्ड पुगे देउवा निवास बुढानीलकण्ठ

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) कांग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठ पुगेका छन् ।

एमालेबाट निष्कासनमा परेका नेता माधवकुमार नेपालसँगको भेटघाटपछि प्रचण्ड देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका हुन् । प्रचण्ड र नेपालबीच कोटेश्वरस्थित एक व्यवसायीको घरमा करिब १ घण्टा छलफल भएको थियो ।

एमाले अध्यक्ष केपी ओलीले एमाले एकताका लागि ६ बुँदे प्रस्ताव अगाडि सारेपछि विपक्षी गठबन्धन दलका नेताहरूबीच छलफल तीव्र बनेको हो ।