
काठमाडौं, २४ जेठ । संवैधानिक इजलास आज स्थगित गरिएको छ ।
प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को उपधारा (५) बमोजिम सरकार गठनको माग गर्दै परेका रिटमाथि सुनुवाइ गर्न गठित संवैधानिक इजलास गठनबारे विवाद चलिरहेकै बेला आज स्थगित भएको हो ।
यद्यपि आज स्थगित हुनाका कारण भने विवाद नभइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अस्वस्थ भएका कारण हो । सोही कारण शेरबहादुर देउवासहितका रिट निवेदकको मुद्दाको सुनुवाइ आज स्थगित भएको हो ।
अब बुधबारमात्र संवैधानिक इजलास बस्ने भएको छ ।















प्रतिक्रिया