
काठमाडौं, २४ जेठ । काठमाडौं महानगरपालिकाले चीनबाट ल्याइएको चिनियाँ भेरोसेल खोपको पहिलो मात्रा भोलिदेखि ५ दिनसम्म लगाउने भएको छ ।
भोलि मंगलबारदेखि शुरू हुने खोप अभियानमा ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई समेटिने छ । महानगरपालिकाले तयार पारेको कार्यतालिका अनुसार जेठ २५ गते ६४ वर्ष उमेर समूहकालाई मात्रै खोप दिइने छ । २९ गतेसम्म चल्ने खोप अभियानमा हरेक दिन फरक फरक उमेर समूहका व्यक्तिलाई खोप दिइने महानगरपालिकाले जनाएको छ ।
जसअन्तर्गत् २६ गते ६३ वर्षका, २७ गते ६२ वर्षका, २८ गते ६१ वर्षका र अन्तिम दिन अर्थात् २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाउने तयारी गरिएको महानगरपालिकाका शहरी स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए ।
कुँवरले खोप लगाउने केन्द्र भने सोमबार तय गर्ने जानकारी दिए । अधिकांश केन्द्रहरु पुरानै भए पनि एक÷दुईवटा केन्द्र फरक हुने कुँवरले जानकारी दिएका छन् ।















प्रतिक्रिया