बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

विश्वकप र एशियन कप छनोटका लागि आज नेपालले जोर्डनसँग खेल्दै

दैनिक नेपाल २०७८ जेठ २४ गते ११:०४

काठमाडौं, २४ जेठ । फिफा विश्वकप सन २०२२ तथा एशियन कप सन २०२३ को छनोट चरणमा नेपालले आज जोर्डनसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

दोस्रो चरणको छनोट खेल आज राति पौने १० बजे कुवेतको कुवेत सिटीमा रहेको जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा हुने छ । नेपालका लागि आजको खेल चुनौतीपूर्ण छ । जोर्डन पनि आज नेपाललाई हराएर विश्वकपमा छनोट हुने आशामा छ ।

यसअघि नेपालले चाइनिज ताइपेईमाथि २–० गोलको जित निकालेको थियो । चाइनिज ताइपेईलाई हराउनुअघि इराकसँगको मैत्रीपूर्ण खेलमा नेपाल ६–२ गोल अन्तरले पराजित भएको थियो ।

नेपालले अब आउँदो शुक्रबार अष्ट्रेलियासँग खेल्ने छ । छनोटको समूह ‘बी’ मा रहेको नेपालले ६ खेलमा ६ अङ्क जोडेको छ । नेपाल तालिकाको चौथो स्थानमा छ भने जोर्डन ५ खेलमा १० अङ्क जोडेर तेस्रो स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित