विराटनगर, २४ जेठ । प्रदेश नम्बर १ संसद्को आठौं तथा बर्खे अधिवेशन आज शुरु हुँदैछ ।
कोरोना महामारी कारण देखाउँदै अध्यादेशबाट बजेट ल्याउने तयारीमा रहेको प्रदेश १ सरकार विपक्षीहरुको तीव्र दबाबका कारण संसद् अधिवेशन आह्वान गर्न बाध्य बनेको थियो ।
सोमबार दिउँसो दुई बजे बैठक बस्नेछ । अधिवेशनमा प्रदेशको नीति कार्यक्रम र बजेट पेश हुनेछ ।
वैशाख ५ मा प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेशन विपक्षी अवरोधकै बीचमा टुंगिएको थियो । अधिवेशनका आठ वटा बैठकमध्ये मुख्यमन्त्री शेरधन राई अन्तिम बैठकमा मात्रै संसदमा सहभागी बनेका थिए ।











प्रतिक्रिया