९ कार्तिक २०८३, सोमबार

पार्टी एकताका लागि एमालेलाई २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउने अध्यक्ष ओलीको घोषणा

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कमिटी र जनसंगठनहरू २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउने घोषणा गरेका छन् ।

ओली आइतबार ६ बुँदे प्रस्तावसहित यस्तो घोषणा गरेका हुन् । पार्टी एकताका लागि अध्यक्ष ओली यस्तो घोषणा गरेका हुन् ।

उनले विज्ञप्ति जारी गर्दै पार्टीलाई २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काइने घोषणा गरेका हुन् ।

उनले एकताका लागि प्रस्ताव गरिएको ६ बुँदे प्रस्तावमा असुन्तष्ट माधवकुमार नेपाल पक्षका नेताहरुले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइयोस् भनेर गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने बताएका छन् ।

प्रस्तावमा भनिको छ, ‘आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको नेकपा (एमाले) का निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुनेछ ।’

त्यस्तै, यसबीचमा कसैबाट भएका गल्तीहरुलाई लिएर पार्टीमा कारवाही नचलाइने ओली स्पष्ट पारेका छन् ।

यससँगै अब माधव पक्षले के गर्ला भन्ने सबैमा जिज्ञासा उत्पन्न भएको छ ।