१५ कार्तिक २०८३, आइतबार

स्रोत नखुलेको ५ लाख ८ हजार र अवैध लागूऔषधसहित पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

सुर्खेत, २३ जेठ । वीरेन्द्रनगर नगरपालिका–६ गोदामस्थित मिलन रेष्टुरेन्ट एण्ड कटेजबाट स्रोत नखुलेको नगद ५ लाख ८ हजार २ सय रुपैयाँ र करिब ७ ग्राम ४ सय ५० मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर नगरपालिका–६ बस्ने उक्त कटेजका सञ्चालक ५१ वर्षीया बिष्णुदेवी शाही, सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका–९ बस्ने १८ वर्षीय किशोर र दैलेख गुराँस गाउँपालिका–५ बस्ने १९ वर्षीया सरु शाही रहेका छन् ।

उक्त कटेजमा ब्राउनसुगरको कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुको शरीर तथा होटेलको कोठा तलासी गर्दा विभिन्न दरका नेपाली र भारतीय नोट गरी उक्त रुपैयाँ र उक्त पदार्थ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।