१५ कार्तिक २०८३, आइतबार

थप ६ हजार ६३६ जना कोरोनामुक्त

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ जेठ । पछिल्लो २४ घण्टामा थप ६ हजार ६३६ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ४ लाख ९२ हजार ४६७ जना पुगेको छ ।

गत २४ घण्टामा थप ३ हजार ४७९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १० हजार ४७१ पीसीआर र ३ हजार २६२ एन्टिजेन परीक्षण गरिएकोमा ३ हजार ४७९ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ५ लाख ८८ हजार १२४ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ६ हजार ६३६ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ४ लाख ९१ हजार ९ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ८९ हजार २१७ जना रहेको छ ।

२४ घण्टामा थप ९९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ७ हजार ८९८ सय जना पुगेको मन्त्रालयले जनाएको छ ।